झापामा रुखबाट लडेर एक जनाको मृत्यु

झापा । झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका- ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राईको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । 

शनिबार बिहान साढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : १७ बजे