दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रिय गौरवका आयोजनाको काम ढिला भएकै हो : शक्ति बहादुर बस्नेत

काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताउनु भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाको विषयमा भएको छलफलमा उहाँले काममा ढिलाई भएको स्वीकार गर्दै अहिले गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अलिकति ढिला त देखिएकै छ ।

ढिला भएकै छैन भन्ने होइन् तर केही काम नै भएको छैन् भन्ने पनि होइन् । काम पनि उल्लेखनीय नै भइरहेको छ । समयमै नै सम्पन्न हुनुपर्ने भएको छैन् । अहिले हामी कामलाई गति दिनका लागि पनि कोसिस गरिरहेका छौं । प्राप्त पनि भइरहेको छ ।’

लगानी महंगो र नाफा कम हुनेभएकाले जलाशययुक्त आयोजनाहरुमा लगानी अहिलेसम्म हुन नसकेको उहाँको गुनासो छ । उहाँले अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु निर्माण नहुने धारणा राख्नुभयो ।

‘लगान महँगो हुनेवाला छ । नाफा अलि कम हुने भएकाले जलाशययुक्त आयोजनाहरुमा लगानी अहिलेसम्म हुन सकेको छैन् । विद्युत ऐन अहिले विधेयक प्रस्तुत भएको छ । त्यसमा जलाशययुक्त आयोजनाहरूमा अलिकति आकर्षण गराउनको लागि कानूनी व्यवस्था के गर्ने कहाँ ध्यान दिने भनेर केही व्यवस्था गरेका छौ,’उहाँले भन्नुभयो,‘ अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु नआउने भए । त्यस्ता आयोजनाहरू निर्माण नगरी सुख्खा यामको आपूर्ति गर्न नसक्ने अवस्था आउने जस्तो भइसक्यो ।’

मन्त्री बस्नेतले अब बुढीगण्डकी जलविद्युत आयोजना अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आकर्षक आयोजना नभएपनि राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने भन्दै उहाँले भन्नुभयो,‘अब हामी बुढीगण्डकी जलविद्युत आयोजनामा अगाडि बढ्छौं । त्यो भंयकर आकर्षक आयोजना त होइन् तर जानैपर्ने अवस्था छ । राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने छ । ४०–४५ अर्ब लगानी पनि गरिसकेका छौं । अब अगाडि बढ्छौ. । ’

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : ५२ बजे