दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हर्क सम्पाङले वीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

विराटनगर। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानका उपकूलपति प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै साम्पाङले कार्कीको कार्यकक्षमा मेयर साम्पाङले ताला लगाउनु भएको थियो ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले अदालतमा रिट दायर गर्नुभएको थियो ।

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : ४१ बजे