सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं ।  सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३ सय ९५ रुपैयाँ रहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ४० बजे