‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सवारी दुर्घटनामा मृत्यु

भक्तपुर – भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित सडकमा प्रदेश ३-०२-०११ प ८२५० नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बाँके नेपालगंज घर भई हाल काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिका घर भई हाल काठमाडौं पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : ३८ बजे