‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित पक्राउ

पर्सा – वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको करिब ६ लाख रुपैयाँ सहित रौतहट कटहरिया नगरपालिका-१ बस्ने २५ वर्षीय मुकेश कुमार यादबलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्र.३-००२ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादबलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : २६ बजे