दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दार्चुलामा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

दार्चुला। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रुबाहक बस केही बेरअघि दार्चुलामै दुर्घटना भएको छ । सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट महाकालीतिर खसेको हो । 

प्रारम्भीक जानकारी अनुसार बसमा सवार १५ जना घाइते भएका जानकारी प्राप्त भएको छ । घाइतेहरु सबैलाई जिल्ला अस्पताल दार्चुला लगिएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये २ जना गम्भीर रहेका प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले विस्तृत जानकारी आउन सकेको छैन । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ३६ बजे