सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ललितपुरका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

​​​​​​​काठमाडौँ–ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रले सूचना जारी गर्दै आज बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 

वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

चापागाऊ फिडर पाटनले चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।   

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुनेछ ।

यस्तै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : २८ बजे