सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा सरकारसँग जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले भीड नियन्त्रणमा घातक हतियार प्रयोग सम्बन्धमा सरकारसँग जवाफ माग गरेको छ ।

घातक हतियारको प्रयोग गरिएको भन्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले जवाफ माग गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गरेको भन्दै रिट दायर गर्नुभएको थियो ।

वरिष्ठ अधिवक्त त्रिपाठीले घातक हतियारमा प्रतिवन्ध लगाउन रिटमा माग गर्नुभएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ९ : २८ बजे