सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिका फुटसल कप आयोजना गर्ने

​​​​​​​​​​​​​​काठमाडौं । नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित यही माघ ६ गते अन्तर पालिकास्तरीय फुटसल कप २०८० आयोजना गर्ने भएको छ।

जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकागरी ८ वटै स्थानीय तहका १६ वटा टिमबीच प्रतिस्पर्धा हुने रामेछाप काठमाडौं सम्पर्क मन्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगिताबारे जानकारी दिन कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजित पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिनुभयो।

अध्यक्ष श्रेष्ठका अनुसार प्रथम हुने टिमलाई ३० हजार नगदसहित मेडल प्रदान गरिनेछ।

त्यस्तै दोस्रोले २० हजार,तेस्रोले १० हजार र सान्त्वना पुरस्कार ५ हजारसहित नगद,सिल्ड र प्रमाणपत्र दिइने उहाँले बताउनु भयो। प्रतियोगिता विहान ८ बजेदेखि च्यासलस्थित नेशनल स्पोर्टस सेन्टरमा आयोजना हुने सम्पर्क मन्चले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ९ : १० बजे