विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इरानमाथि पाकिस्तानको जवाफी हमला, नौं जनाको मृत्यु

तेहरान । इरानले गत मंगलबार पाकिस्तानी भूमिमा आक्रमण गरेपछि पाकिस्तानले इरानको सीमाभित्र मिसाइल हमला गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले इरानको सिस्तान बलुचेस्तान प्रान्तमा ‘आतंकवादी लुकेका ठाउँहरू’ मा आक्रमण गरेको बताएको छ । यो आक्रमणको उद्देश्य पाकिस्तानको आफ्नै सुरक्षा र राष्ट्रिय हितको खोजीमा रहेकोसमे जनाएको छ ।

सो आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन । मङ्गलबार इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा जैश अल अदल समूहलाई निशाना बनाएको भन्दै आक्रमण गरेको थियो ।

पाकिस्तान र इरानले लामो समयदेखि एकअर्कालाई आफ्नो साझा सीमामा रहेका क्षेत्रहरूबाट आक्रमण गर्ने आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : २४ बजे