दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

पोखरा । व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । 

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यक्रमका लागि प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ३ : ३६ बजे