‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ

चितवन । ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा भरतपुर–२१ बस्ने २७ वर्षीय सरोज सुनार, भरतपुर–१ बस्ने २६ वर्षीय दीपक बि.क. र भरतपुर–२६ बस्ने २५ वर्षीय सागर बि.क. रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देहीको असुरैना–३ घर भई भरतपुर मह१ मा व्यवसाय गर्ने करण गुप्तालाई पुस २८ गते एनसेलका विभिन्न अपरिचित नम्बरबाट फोन गरी ज्यान मार्ने धम्की दिई १५ लाख रुपैयाँ फिरौती रकम मागेका थिए । उनीहरू तीनै जनालाई बुधवार सार्वजनिक गरेको हो ।

गुप्तालाई बारम्बार फोन गरी दिनरात फिरौती रकम नदिए सुट गरेर हत्या गरिदिने धम्की दिएको निवेदनका आधारमा चितवन प्रहरीले प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको कमान्डमा विशेष प्रहरी परिचालित गरी विभिन्न प्रविधिको प्रयोग तथा सूचनाबाट आशङ्कित व्यक्तिको निगरानी गरेको थियो ।

युवकहरूलाई मागबमोजिमको फिरौती रकम लिन आएको अवस्थामा भरतपुरका विभिन्न स्थानबाट पक्राउ गरी चितवन जिल्ला अदालतबाट आपराधिक षडयन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : २९ बजे