सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ११ : ४१ बजे