गोदावरी नगरपालिकाको भवन दुई पटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।  

आज भवनको उद्घाटन हुन थालेपछि राजनीतिक दलहरुबिच विवाद उत्पन्न भएको हो । 

एउटै भवन दुई पटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेको छ । 

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले २०७८ साल चैत १४ गते उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले आज उद्घाटन गर्ने कार्यक्रम राख्नुभएको हो । 

एमालेले प्रशासनिक भवनको उद्घाटन गर्न नदिने भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ११ : ०६ बजे