दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

न्यायाधीश भुवन गिरीविरुद्धको निवेदन न्यायाधीश शर्मा र पोखरेलको इजलासमा

काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर रिट निवेदनमा आज सुनुवाई हुनलागेको छ ।

न्यायाधीश गिरीको रिट निवेदनउपर सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी श्रीमती आरती रावलले रिट दायर गरेकी थिईन् । यसअघि आरतीले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेपनि अदालतले गिरीलाई धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालत पुगेकी हुन् ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ११ : ४५ बजे