निगमको जहाज बिग्रिएपछि कतार र जापानको उडान तालिका परिवर्तन

काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतार र जापानको उडान तालिका पनि परिवर्तन गरिएको छ ।

आइतबार राति निगमको वाइडबडी जहाजमा समस्या आएसँगै कतारको दोहा र जापानको नारिता उडानको तीन दिनको नयाँ तालिका सार्वजनिक भएको हो ।

निगमका अनुसार जापानको नारितमा यसअघि १६ जनवरी राति ११ः२५ मा रहेको उडान अब १७ जनवरी ०८ः०५ मा हुने गरी समयतालिका फेरिएको छ । त्यस्तै जनवरी १७ मा हुने नारिता–काठमाडौं ११ बजेको उडान बेलुका ०७ः१० बजे उडान हुने भएको छ ।

उता १६ जनवरी राति ११ बजे रहेको काठमाडौं–दोहा उडान १८ जनवरी राति १ः५० मा हुनेछ। दोहा–काठमाडौंको १७ जनवरी ०३ः२५ मा रहेको उडान तालिका १८ जनवरी बिहान ६ बजे हुने भएको हो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ३८ बजे