साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मेलम्ची बजारकाे दायाँबायाँ बनेका अस्थाई संरचना हटाउन ३५ दिने सुचना जारी

सिन्धुपाल्चोक ।  मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थायी संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।  

मुख्य सडकको दायाँबायाँ बनेका भर्‍याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना हटाउन नगरपालिकाले सम्बन्धित घरधनीलाई आग्रह गरेको हो । मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालयदेखि मेलम्ची बजारसहित होटेल रिभर साइड इनसम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थायी संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना निकाल्दै अनुरोध गरेको हो ।

सूचनालाई बेवास्ता गरी सूचनाले तोकेको अस्थायी संरचना ३५ (पैँतिस) दिन भित्र नहटाइएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम प्रक्रिया अगाडी बढाउने र उक्त संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयंबाट सरकारी बाँकी सरह असुलउपर गरिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मेलम्ची नगरपालिकालाई सुन्दर,फराकिलो र सौन्दर्ययुक्त बनाउनका गत पुस २६ गते बसेको कार्यपालिकाको निर्णय अनुसार आज मङ्गलवार वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले सडक अतिक्रमणको कारणले बजार क्षेत्र दिनप्रतिदिन कुरूप हुँदै गएको भन्दै यो सूचना जारी गरिएको जनाएको छ । 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : २३ बजे