दुई मोटरसाइकल ठक्कर खांँदा पांँचजना घाईते

चितवन  । भरतपुर महानगरपालिका वडा नं–९, आदर्शटोलस्थित भित्री सडकखण्डमा सोमबार दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा पैदलयात्रीसहित पाँच जना घाइते भएका छन् ।

भित्री बाटोबाट आदर्शटोलतर्फ आउँदै गरेको लु ३१ प ४७३२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००३प ३४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई बाटोछेउमा हिँडिरहेका पैदलयात्रीहरुसमेत घाइते भएका हुन् ।

दुर्घटनामा बागमती प्रदेश ०३–००३प ३४२५ नम्बरको मोटरसाइकल चालक भरतपुर–८, गौरीगञ्ज बस्ने ४२ वर्षीय दिनेश कँडेल, लु ३१ प ४७३२ नम्बरको मोटरसाइकल चालक भरतपुर–१० बस्ने २० वर्षीय सुशान्त थकाली, पैदल यात्री नवलपुर मध्यबिन्दु नगरपालिका वडा नं–८ का ४० वर्षीया कल्पना खरेल, रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं–५ बस्ने ४६ वर्षीया ईश्वरी कँडेल, सोही ठाउँ बस्ने ५० वर्षीया सरस्वती सापकोटा घाइते भएका छन् ।

घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन तथा लु ३१ प ४७३२ नम्बरको मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : २६ बजे