ईपीएस कोरियाको भाषा परीक्षाकाे मिति सर्‍याे

काठमाडौं ।  रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ ।

जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

कोरिया जानका लागि गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

‘प्राविधिक समस्याका कारण केही ई-मेलमा समस्या आएकोले केही समय सारीएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफई गर्न समय लाग्ने भएकाले समय सारिएको हो ।’ घिमिरेले भन्नुभयाे ।

हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो । जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : ०० बजे