सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्से परिसूचक ५४ अंकले बढ्यो, ८ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक भारी अंकले बढेको छ।  नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स २.३८ प्रतिशतले बढ्यो।

कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। आज ३०४ स्क्रिप्सको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर ८ अर्ब २ करोड३८ लाख ६२ हजार ४०६ रुपैयाँमा खरिदबिक्री भए।

५४ अंकले सुधार आएको सेयर बजारमा  १२ स्क्रिप्टको सेयरमा पोजिटिभ सर्किट लाग्यो। एक दर्जन स्क्रिप्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा ज्योति विकास बैंकका  लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। यसैगरी हिमालयन ८०-२० को ९.७० प्रतिशतले मूल्य घट्यो।

कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बढीको सेयर कारोबार भयो। नेपाल इन्फ्रास्टक्चर बैंकको २३ करोड,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २१ करोड,हिमाल दोलखा हाइड्रोपावरको १७ र अपी पावरको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका  छन्। फाइनान्स समूहको उपसूचक ४.७५ प्रतिशतले बढ्यो। यसदिन २१४ स्क्रिप्टको मूल्य बढ्दा ३१ वटाको घट्यो भने २ को मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : १९ बजे