पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्य सचिव थापासँग तीन लाख धरौटी माग

काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचारका आरोपी पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा. प्रदिप ढकाल र अरुण श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो ।

आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख बिगो मागदाबी गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : १५ बजे