‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुर्खेतमा युवक मृत भेटिए, हत्या आशंकामा तालिम प्राप्त कुकुरसहित पुग्यो प्रहरी

काठमाडौं  । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन्। मृतक युवक शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले घरनजिकैको कुवापानीमा भरतको शव फेला परेको जानकारी दिए।

‘गयराति १ बजेको समयमा बुढा मृत फेला परेको खबर हामीलाई जानकारी आएको थियो,’ उनले भने, ‘खबर पाउनबित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटना शंकास्पद देखिएकाले जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहान परिचालन गरिएको छ।’

यस्तै, घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ खटिएका छन्।  एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर अनुसन्धान थालिरहेको छ। प्रहरीका अनुसार युवकको शव घटनास्थलमै रहेको छ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ५८ बजे