बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी–५ चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गरेको भे ७ प २८९८ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा ठाकुरसिंह थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरत बादीले चलाएको मोटरसाइकलको पछाडि बसेका थारुलाई गम्भीर चोट लागेपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ३२ बजे