झापामा बेलुन फुलाउने मेशिन विस्फोटहुँदा एकजना गम्भीर घाइते

भद्रपुर, झापा । झापाको बिर्तामोड–७ स्थित एक स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडस्थित बेल्स मोडल स्कुलले आज बिहान आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी गम्भीर घाइते भएका हुन् । उनको  चिन्ताजनक अवस्थामा बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनु भयो ।

वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एकजना पनि घाइते भएको वडाध्यक्ष खरेलले जानकारी दिनु भयो ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : १२ बजे