दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

न्यायाधीश गिरीकी पत्नी आरती प्रहरी नियन्त्रणमा

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार सर्वोच्च अदालत पुगेर विरोध प्रदर्शनको प्रयास गरेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुई दिनअघि आरतीले सर्वोच्च परिसरभित्र आत्मदाह गर्ने प्रयास गर्नुभएको थियो । मंगलबार पुनः सर्वोच्च पुगेर न्यायको माग गर्दै उहाँले नारावाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

आरतीले न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गर्नुभएको छ । उहाँले न्यायाधीश गिरीलाई पक्राउ गर्न माग राख्दै पटक-पटक प्रदर्शन गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ५९ बजे