‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीबाट  एक जना पक्राउ

महोत्तरी । महोत्तरीको गौशालामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहा रहेको  इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।

कुशवाहाले बालिकालाई पुस २१ गते राति करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर बलात्कार गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । प्रलोभनमा पारी बलात्कार गरेको भनी पीडितको परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएपछि जाहेरीको आधारमा आरोपीलाई खोजतलासको क्रममा कुशवाहालाई पक्राउ गरिएको हो।

सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरी दिएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ०५ बजे