दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बरहथवामा गोली चलाउने प्रहरीलाई सेवाबाट हटाउन सिफारिस

सर्लाही । सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ । गएको पुस २० गते भएको घटना छानबिन गर्न गठित समितिले ती हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको हो ।

घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले सोसम्बन्धी प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइसकेको छ । समितिले आइतबार (हिजो) प्रतिवेदन बुझाएको गृहका प्रवक्ता नाराणप्रसाद भट्टराईले जानकारी दिए ।

गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । ती हवल्दारले चलाएकै गोलीका कारण उनको मृत्यु भएको समितिको निष्कर्ष छ । समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई त्यहाँबाट फिर्ता बोलाउन समेत सिफारिस गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : २७ बजे