‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टुँडिखेलको भिडमा चेपिएर ८ जना घाइते

काठमाडौं । काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् ।

माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगेकाे जनाएकाे छ । उनीहरुको अवस्था सामान्य रहेकाे प्रहरीकाे भनाइ छ ।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिन पुगेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : १४ बजे