दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आम्दानीभन्दा खर्च धेरै गर्दै सरकार, विकास बजेट जम्मा १६ प्रतिशत मात्रै

काठमाण्डाै । चालु आर्थिक वर्षको छ महिनामा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । साउनदेखि पुस मसान्तसम्ममा ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँको बजेट घाटा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको हो ।

यो वर्ष १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले हिजो पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड रुपैयाँ मात्रै उठाएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत मात्रै हो ।

यस्तै यो वर्ष ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखिएकाेमा छ महिनामा जम्मा दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ मात्रै वैदेशिक अनुदान आएको  छ । यसको अर्थ दाताले सरकारलाई पत्याएका छैनन् ।

यसैबीच चालु आर्थिक वर्षको छ महिनामा जम्मा १६ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । यो वर्षमा कुल तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य रहेकोमा हिजोसम्ममा जम्मा ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल लक्ष्यको जम्मा १६ दशमलव तीन प्रतिशत मात्रै हो । छ महिनामा जम्मा १६ प्रतिशत मात्रै विकास बजेट खर्च हुनुले नै देशको विकास निर्माणको अवस्था बताउँछ । आम्दानीभन्दा खर्च धेरै भएपछि सरकारले ऋण लिएर काम चलाइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ५९ बजे