विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्क  । डेनमार्कका युवराज फ्रेडरिक राजा हुनुभएको छ । उहाँलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गर्नुभएको हो  ।

महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै  तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ ।

यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गर्नुभएको थियो । त्यही समयमा उहाँले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ११ : ५६ बजे