‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ताइवानलाई स्वतन्त्ररूपले हेर्न नहुने बताए।

उनले ताइवान चीनको एक भाग भएको प्रस्ट पारे। 'ताइवान भनेको चीनको एउटा भाग हो। त्यसलाई स्वतन्त्र रूपले हेर्नुहुँदैन, हामीले हेर्दैनौं पनि। हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं,' उनले भने। 

उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताए। चीनप्रतिको यो नीति कहिल्यै नबदलिने उनको भनाइ थियो। 'एक चीन नीतिप्रति हामी प्रतिबद्ध छौं। नेपालले अवलम्बन गर्दै आएको यो नीति कहिल्यै परिवर्तन हुँदैन,' उनले भने। प्रधानमन्त्री दाहालले चीन र नेपाल आफ्नो मुलुक समृद्ध बनाउनतर्फ अग्रसर हुनुपर्ने बताए।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : १५ बजे