सल्यानमा ढुङ्गाले लागेर तरुल खन्दै गरेका एक जनाको मृत्यु 

सल्यान । सल्यानमा तरुल खन्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ७ सोइमबासका अन्दाजी ४२ वर्षीय धन बहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

वडा न ६  जुमखोलाका अन्दाजी ४५ वर्षीय घनश्याम घर्तीले खारापानी भन्ने जङ्गलमा तरुल खन्ने क्रममा करिब ५ सय मिटर माथिबाट ढुङ्गा पल्टाउँदा तरुल खनी रहेका आलेलाई  ढुङ्गाले लागेको थियो । ढुङ्गा लागि गम्भीर घाइते आलेको उपचारका लागि अस्पताल लिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 

मृतक घर्तीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको र ढुङ्गा पल्टाउने घनश्याम घर्तीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उहाँको भनाई छ । 

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : २२ बजे