‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

६ वर्षीया बालिका बलात्कारको आरोपमा १५ वर्षीय किशोर पक्राउ

सल्यान । ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिकाकी ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो । 

किशोरले बालिकालाई मोबाइल चलाउन दिन्छु, चुइगम दिन्छु  भनी ललाई फकाई गरी  आफ्नै घरमा लगी गत पुस ७ गते बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पीडित बालिकाका आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो  । पक्राउ परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको उहाँको भनाई छ । आइतबार नै जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ  ।

पछिल्लो समयमा सल्यानमा आफन्तबाटै बलात्कार हुनेको सङ्ख्या बढ्दै गएको र चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमै १४ जना बलात्कृत र दुई जना माथि बलात्कारको प्रयास भएको डिएसपी कार्कीले बताउनुभयो ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : १० बजे