‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कैलालीको गोदावरीमा मकर मेला सुरु

धनगढी। सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल कैलालीको गोदावरीमा आजदेखि बाह्राराशी दर्शन मकर मेला सुरु भएको छ । गोदावरी धाममा मकर मेला १२ दिन सम्मे लाग्ने छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी आज एक कार्यक्रमका बिच मकर मेलाको उद्घाटन गर्नुभयो । उहाँले बाह्राराशी दर्शन मकर मेलाले पवित्र गोदावरी धामको संवर्द्धनमा टेवा पुग्ने बताउनु भयो ।

गोदावरी धाम व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले कुम्भमेलाको प्रतिकका रूपमा बाह्राराशी मकर मेला आयोजना गरिएको र गोदावरी कुम्भबाटीमा बाह्राराशी, आदित्य, नवग्रह, २७ नक्षत्र स्थापना गरी भक्तजनहरूका लागि दर्जन र पूजाअर्चनाको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले गोदावरी धाममा १२ वर्षमा महाकुम्भ मेला, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष मकर सङ्क्रान्तिमा बाह्राराशी मकर मेला लगाउने लक्ष्य रहेको बताउनुभयो । गोदावरीमा माघ १ गते अर्थात् माघे सङ्क्रान्ति दिनमा धार्मिक मेला लाग्ने गर्दछ । मेला भर्न भारतीय नागरिकसहित कैलाली आसपासबाट ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्  ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ०६ बजे