काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्ड दुई दिनका लागि चौबिसै घण्टा खुला गरिने भएको छ।
माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर मुग्लिन-नारायणगढ सडक खण्ड आज र भोलिका लागि चौबिसै घण्टा खुला गरिने भएको हो।
मुग्लिन-नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका माघी, माघे संक्रान्ति पर्वलाई घर जाने यात्रुहरुलाई समस्या नपरोस् भनेर दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिए।
मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहरो फोर्ने काम चलिरहेको हुँदा दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो।
प्रकाशित मिति : २९ पुस २०८०, आइतबार १२ : ४० बजे
प्रतिक्रिया