सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य बढ्यो

काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ११ : २४ बजे