दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पूर्व मन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदै 

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहमद अफताब आलम विरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । 

रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर रिटमा आजदेखि अन्तिम सुनुवाइ गर्न लागेको हो ।   

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम मङ्सिर २४ मा वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन । यस मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाबसमेत दिएको थियो ।

 

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ११ बजे