दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने छ । साथै बैठकमा गठबन्धनका उम्मेदवारलाई राष्ट्रियसभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ ।

कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुङ्गो लगाउने विषयमा छलफल भएको थियो ।  

सरकारले आगामी संसद् अधिवेशनबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ३३ बजे