सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

खोटाङ । खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिबार  सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।

उपाधिसँगै दोर्पाचिउरीडाँडाले रु एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्टस क्लबले रु ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरेका थिए । 

यस्तै नेर्पा स्पोर्टस क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए । विजेता टोली तथा खेलाडीलाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए । 

यही पुस २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।
 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ०१ बजे