‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

श्रीमतीको हत्या गरी फरार रहेका कुरुम्वाङ पक्राउ

पाँचथर । श्रीमतीको हत्या गरी फरार रहेका तुम्वेवा गाउँपालिका–४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुश्वाहाले दिनुभएको जानकारी अनुसार उनलाई तुम्वेवा–५ पखेरे टोलबाट पक्राउ गरिएको हो ।

कुरुम्वाङले पुस २६ गते साँझ ८ः०० बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित माइती घरमा रहेकी ३५ वर्षीय श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

तुम्वेवा–४ स्थित घरबाट ससुराली पुगेका ३५ वर्षीय कुरुम्वाङले खुकुरी प्रहार गर्दा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छिमाया फियाक घाइते छन् ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ३७ बजे