‘एउटै नाउरको सिकार गर्न २३ लाख’

फेकनको १३ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (फेकन) ले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौँको गैरीधारामा आयोजित एक कार्यक्रमबीच साधारण सभा सम्पन्न गरेको हो । 

साधारण सभाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताइन् । उनले नेपालको शैक्षिक गुणस्तरमा सरोकारवाला निकायले गम्भीर हुनुपर्नेमा जोड दिइन् । 

शिक्षाले असल योग्य र सक्षम जनशक्तिको निर्माण गर्ने भन्दै उनले भनिन्, ‘शिक्षाले असल, योग्य, सक्षम र उत्पादनमुखी जनशक्ति निर्माण गर्छन् । जुन जनशक्तिले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता, सामाजिक न्याय, समृद्धि, सुशासन र समता मूलक समाज निर्माण गर्नमा अहम् भूमिका निर्वाह गर्छ ।’

विदेशी मुद्रा आर्जनका लागि नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । 'स्वदेशमै क्वालिटी शिक्षा कसरी दिन सकिन्छ यसका लागि प्रयास गर्नुपर्छ । नेपाल सरकारले पनि कानुन संशोधन गरेर हुन्छ वा कसरी हुन्छ ? करिकुलममा समयसापेक्ष परिवर्तन गरेर हुन्छ कि ? अन्य देशमा राम्रा कुरा समेट्न सकिन्छ कि भनेर हाम्रो देशलाई एजुकेसन हब बनाउन सकिन्छ’, उनले भनिन् ।

कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कले अस्ट्रेलियामा हाल १६ हजार नेपाली विद्यार्थी अध्ययन गरिरहेको बताइन् । अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको लागि शैक्षिक गन्तव्यको रूपमा विकास भएको बताइन् । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : ३२ बजे