दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

काठमाडौं । १ लाख भन्दा बढि अवैध स्मार्ट लाइसेन्सको धन्दामा यातायात व्यवस्था विभागमा कार्यरत अधिकांश प्राविधिकहरु मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यातायात व्यवस्था विभागले बुझाएको प्रतिवेदन अनुसार अवैध स्मार्ट लाइसेन्सको धन्दामा यातायात व्यवस्था विभागका तत्कालीन २ सूचना प्रविधि निर्देशक (उपसचिव) र ५ जना कम्प्युटर इन्जिनियर मुछिएको पाइएको हो ।

प्रतिवेदन अनुसार अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशक श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत रहेका र कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखरेल र सुरज प्रकाश अर्याल कार्यरत थिए । उक्त अवधिमा विगत १ वर्षदेखि विभागको सूचना प्रविधि शाखाको कम्प्यूटर इन्जिनियर पदमा भानुभक्त जोशी कार्यरत रहेका छन् ।

विगत ८ वर्षको अवधिमा १ लाख २ हजार ७ सय ११ थान अवैध (नक्कली) स्मार्ट लाइसेन्स जारी भएको प्रतिवेदनमा उल्लेख छ ।

अख्तियारले उनीहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ । 

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १ : ०५ बजे