दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आज चियापान गर्दै  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ । 

शुभकामना आदानप्रदान तथा चियापान समारोह मा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।

आजै पार्टीले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ । भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हुँदै सिंहदरबारअगाडि रहेको पृथ्वी सालिकसम्म ऱ्याली र सालिकमा माल्यार्पण हुने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ३८ बजे