दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले अध्यक्ष ओलीद्वारा पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त 

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा शुभकामना दिनुभएको छ । 

पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ,’शुभ बिहानी ! नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछु । पृथ्वी जयन्तीको सबैमा शुभकामना !’

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : २३ बजे