विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जेरुसेलम आक्रमणको योजना बनाउने आतङ्ककारी पक्राउ

तेल अवीव । इजरायली सुरक्षा बलले इस्लामिक राज्य (आईएसआईएस)को समर्थनमा जेरूसेलममा आतङ्ककारी हमलाको योजना बनाउने दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ ।

इजरायली प्रहरी र जनरल सेक्युरिटी सर्भिस (शिन बेट)का अनुसार सन्दिग्ध व्यक्तिहरूले सुरक्षा बललाई लक्षित गरी चार्ज र विस्फोटक उपकरणहरू तयार गर्ने योजना बनाएका थिए।

उनीहरूलाई पूर्वी जेरुसेलमको जेबेल मुकाबेरबाट पक्राउ गरिएको थियो। एक हप्ता लामो अनुसन्धानपछि पक्राउ परेका उनीहरूबाट आईएसआईएससँग सम्बन्धित सामग्री अनलाइन, टेलिग्राम र ग्राफिक भिडियोहरू लगायतका सफ्टवेयर नियन्त्रणमा लिइएको छ । 

उनीहरूले हत्या र अन्य तोडफोडका कार्यहरू गर्ने उद्देश्यले पूर्वी जेरुसेलम वरिपरि विस्फोटक उपकरणहरू बिच्छ्याउने योजना बनाएको अनुसन्धानबाट बुझिएको छ। रासस, एएनआई र टीपीएस 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : २८ बजे