दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

बम्जनको मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । हत्या र यौन हिंसाका अभियुक्त ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ ।

सर्लाही जिल्ला अदालतमा न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको हो ।

अब इजलासले केहिबेरमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे निर्णय गर्नेछ ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ५ : ३३ बजे