‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चिसो बढेपछि सप्तरीका दुई पालिकाका विद्यालय बन्द

सप्तरी । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।

पछिल्लो चार दिनदेखि सप्तरीमा अत्यधिक चिसो बढेपछि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट बन्द गर्ने निर्णय गरेको हो । 

नगर प्रमुख रामलखन मलाहले एक सूचना जारी गर्दै पुस २६ गते बिहीबारदेखि माघ २ गतेसम्मका लागि बिदा दिइएको बताउनु भयो  । जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले पठनपाठन बन्द गरिएको अध्यक्ष मलाहको भनाइ छ ।

चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ । 

त्यसैगरी सप्तरीकै खडक नगरपालिकाले अचानक अत्यधिक मात्रामा चिसो (ठण्डी) बढेको भन्दै माघ २ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । 

पालिकाले एक सूचना जारी गर्दै पुस २६ गते बिहीबारदेखि माघ २ गतेसम्मका लागि बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।  ।  

शीतलहर र चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले यही पुस २६ देखि माघ २ गतेसम्म बिदा दिइएको खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले जानकारी दिनुभयो । 

सप्तरीमा पछिल्लो केही दिनयता बाक्लो हुस्सु कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । 

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ४ : ०७ बजे