ब्लांकेटमा आगो सल्किँदा महिलाको मृत्यु

बाँके । बर्दियामा  आगो ताप्दै गर्दा एक्कासि ब्ल्यांकेटमा आगो सल्किएर एक जना वृद्ध महिलाको मृत्यु भएको छ ।  

राजापुर नगरपालिका–५ स्थित घरभित्रको कोठामा बुधवार आगो तापिरहेका बेला ब्ल्यांकेटमा सल्किएर ७५ वर्षीया सोहनी थारु घाइते हुनु भएको थियो।

घाइते थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डिएसपी तिलकराम अर्यालले जानकारी दिनुभएको छ । घाइते थारुलाई पहिले उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ११ : ५७ बजे