सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बन, क्रिकेट खेल्न प्रतिबन्ध

​​​​​​​काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ।

लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले ८ वर्ष कैद सजाय तोकेपछि क्यानले राष्ट्रिय क्रिकेट टिमबाट उनलाई निलम्बन गरेको हो ।

क्यानले विज्ञप्ति जारी गर्दै जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाको सम्मान गर्दै सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको हो। 

जिल्ला अदालतले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो भने बुधवार उनलाई ८ वर्ष कैद सजाय र ३ लाख जरिवाना तथा २ लाख  क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ११ : १० बजे